+
+

फिल्म रिलिजको रस्साकस्सीः ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १२:५४

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज हुने चलचित्रको क्यालेन्डर बनाएर ल्याउन आग्रह गरेको बताए ।

बोर्डले यसरी रिलिज हुने चलचित्रका लागि आर्थिक सहयोग नै गर्ने बताएको छ । यसैविच, चलचित्र संघले अशोक शर्माको नेतृत्वमा बनाएको समितीले २ उप–समिती तयार गरेर निर्माता र प्रदर्शकसँग कुराकानी गरिरहेको छ ।

चलचित्र वितरक करण श्रेष्ठले आफूहरुले ७ वटा चलचित्रको क्यालेन्डर बनाएर कुराकानी अगाडि बढाएको बताए । उनले भने–‘३ महिनाका लागि हामीले ७ वटा चलचित्रको सूची तयार गरेका छौं । जसमा, म यस्तो गीत गाउँछु २, चिसो मान्छे, प्रेमगीत ३, चपली हाइट ३, लक्का जवान र हिजो आजका कुरा छन् ।’

उनका अनुसार, ‘म यस्तो गीत गाउँछु २’लाई दशैं र ‘चिसो मान्छे’लाई तिहारमा रिलिज गर्ने गरी छलफल अगाडि बढाइएको छ । प्रदर्शक, निर्माता र वितरक एकसाथ बसेर कुनै पनि रिसाराग नराखी चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि एक अर्कालाई सक्दो सहयोग गर्ने बिषयमा कुराकानी अगाडि बढेको करणले बताए ।

चलचित्रहरु रिलिज गर्ने बिषयमा वितरक र प्रदर्शकले सूची बनाएपनि निर्माताले रिलिज गर्न चाहन्छन् या चाहदैनन् भन्ने मुख्य कुरा हो । यसका लागि, निर्मातालाई कुन कुन बाटोबाट चलचित्र चलाउन सकिन्छ भनेर विकल्पहरु समेत प्रस्तुत गरिएको करण बताउँछन् ।

उनले, निर्मातालाई दिने शेयरको बिषयमा पनि नयाँ तरिकाले केही समयसम्म अगाडि बढ्नुपर्छ भन्ने बिषयमा सोचिएको बताए । यसैबिषयमा कुरा गर्नका लागि आज फेरि वैठक राखिएको छ । आजको बैठकले एउटा निर्णय गर्ने करणको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?