+
+

तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं : भाषा आयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:०९

३० भदौ, काठमाडौं । भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।

आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् । २०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा थारु भाषा मात्र उल्लेख भएको तर राना थारु भाषा उल्लेख नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै आयोगले यसै वर्ष हुने जनगणनामा सुदूरपश्‍चिम प्रदेशको बहुसंख्यक जनताले बोल्‍ने भाषाको रुपमा तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रदेश कामकाजको भाषाको रुपमा सिफारिस गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?