 
																						फाइल तस्वीर								
											३० भदौ, बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ ।
रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’
२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए ।
पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4