+

श्रीलंकन ओशादा फर्नान्डोले ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने

२०७८ भदौ  ३० गते १८:०७ २०७८ भदौ ३० गते १८:०७
श्रीलंकन ओशादा फर्नान्डोले ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने

३० भदौ, काठमाडौं ।श्रीलंकन ब्याट्सम्यान ओशादा फर्नान्डोले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । साविक विजेता ललितपुरले बुधबार फर्नान्डोलाई अजुबन्ध गरेको घोषणा गरेको हो।

२९ वर्षीय अलराउण्डर फर्नान्डो ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्।

यसअघि ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेक, अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई र भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जीलाई अनुबन्ध गरेको थियो। तर ललितपुरले ओमारजाई र दोर्जीले मात्र खेल्ने पक्का भएको जनाएको छ ।

कोभिड-१९ का कारण ब्लेक भने ईपीएल खेल्ने सम्भावना कम छ । ईपीएलमा सहभागि टोलीले हरेक खेलमा ३ विदेशी खेलाडी प्लेईङ सेटमा अनिवार्य खेलाउनुपर्नेछ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

ललितपुर प्याट्रिओट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय