+
+

कतार प्रहरीको लागि आएको मागपत्र रद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते २२:३१

३० भदौ, काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिक काम गरिएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावास स्रोतले जनाएको छ ।

कतारस्थित नेपाली दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्ध गरेको हो । सो म्यानपावरले कतार प्रहरीमा पठाउने नाममा चर्को सेवा शुल्क पनि असुलिरहेको थियो ।

२०७६ फागुनमा पनि १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न लगिएको थियो । त्यसपछि थप ३ सय जना लैजान प्रक्रिया अघि बढाए पनि कानुनी उल्झनको कारण देखाउँदै वैदेशिक रोजगार विभागले रोकेको थियो ।

तर, श्रममन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै कतार प्रहरीमा हुने भर्ति नरोक्न निर्देशन दिएपछि पछिल्लो पटक छनोट र भर्तिको प्रक्रिया अघि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?