+
+

लिभरपुल विजयी, एट्लेटिको बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १०:१६

३१ भदौ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा स्पानिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।

लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-२ ले हरायो । एट्लेटिको भने पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरीमा रोकियो ।

घरेलु मैदानमा लिभरपुलका लागि मोहम्मद सालाह र जोर्डन हेन्डरसनले एक एक गोल गरे । एसी मिलानका फिकायो टोमोरीले आत्मघाती गोल उपहार दिएका थिए । एसी मिलानका लागि एन्टे रेबिक र ब्राहिम डियाजले एक एक गोल गोल गरे ।

जितपछि लिभरपुलले तीन अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?