+
+
Shares

अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको रक्षा सम्झौता शीतयुद्धको मानसिकता : चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १४:३९
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । चीनले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौताको निन्दा गरेको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाले गरेको विशेष सुरक्षा सम्झौता शीतयुद्धको मानसिकता भएको चीनको टिप्पणी छ ।

नयाँ सुरक्षा सम्झौता एसिया प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न बनाइएको बताइएको छ । उक्त सम्झौताअनुसार अमेरिकाले अष्ट्रेलियालाई न्युक्लियर पनडुब्बीको प्रविधि पनि उपलब्ध गराउनेछ । चीनले यो प्रविधि हस्तान्तरणको विषयलाई लिएर भनेको छ, ‘यिनै कारणले हतियारको अन्तर्राष्ट्रिय प्रसार रोक्ने प्रयासमा धक्का लागेको हो ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कुनै पनि क्षेत्रीय गठबन्धन कुनै तेस्रो मुलुकलाई लक्षित गरेर बनाउन नहुने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?