
चलचित्र क्षेत्र ठप्पजस्तै हुँदा म्युजिक भिडियो क्षेत्र भने चलायमान छ । सोही कारण चलचित्रका थुप्रै कलाकारहरु म्युजिक भिडियोमा अभिनय गरिरकेका छन् । अभिनेता विपिन कार्की पनि फाट्टफुट्ट रुपमा म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी अभिनित नयाँ म्युजिक भिडियो ‘सुनैको दरबार’ शुक्रबारमात्रै सार्वजनिक भएको छ ।
प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा अभिनेता विपिन र कलाकार लुनिभा तुलाधरले अभिनय गरेका हुन् । क्षितिज सापकोटाको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत, पुष्कर सुनुवारको एरेन्ज छ ।
युवराज वाइवाको निर्देशनमा बनेको भिडियोलाई निसाल पौडेलले छायाँकन, विकास धमलाले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4