+
+

हेयर एण्ड शान्तिको पाँचौं शाखा भाटभटेनीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:२४

सौन्दर्य क्षेत्रको चर्चित ब्राण्ड हेयर एण्ड शान्ति सलुनले पाँचौं शाखा भाटभटेनीमा खोलेको छ । शनिबार एक विशेष कार्यक्रमका बीच नयाँ शाखा उद्घाटन गरिएको हो ।

हेयर एण्ड शान्ति ब्राण्ड नेपालमा पाँच वर्षअघि कमलादीबाट सुरु भएको थियो । अहिले कमलादीको शाखा दरबारमार्गमा सार्ने उद्देश्यले बन्द गरिएको भए पनि काठमाडौं उपत्यकाको चार ठाउँ र उपत्यकाबाहिर एक ठाउँबाट सेवा दिइँदै आइएको सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । सञ्चालक श्रेष्ठका अनुसार विश्व शान्ति श्रेष्ठले भारतको नयाँ दिल्लीबाट सलुनको सुरुवात गरेकी थिइन् ।

दिल्लीमा निकै राम्रो छाप छोड्न सफल हेयर एण्ड शान्तिले करिब ५ वर्षअघि नेपालमा आफ्नो शाखा विस्तार गरेको थियो । सञ्चालक श्रेष्ठले दक्ष जनशक्तिबाट उत्कृष्ठ सेवा दिने भएकोले नेपाल र भारतमा यस सलुनप्रतिको विश्वास बढ्दै गएको दाबी गरे ।

उनले अहिले भारतका विभिन्न प्रान्तहरुमा गरी १२ वटा शाखा विस्तार भइसकेको यस ब्राण्डको नेपालमा भने ठमेल, जावलाखेल, नारायणघाट, हेटौंडा र भाटभटेनीमा शाखा छन् ।

सौन्दर्य सम्बन्धी विभिन्न सेवा दिइने यो शाखाबाट अहिले हेयर कट, फेसियल, पेडिक्युअर, म्यानुक्युअर, केराटिन, हाइलाइट्स, हेयर कलर, हेयर स्पा, मेकअप, नेल आर्टस्, हेयर एक्स्टेन्सन जस्ता सेवाहरु पाउन सकिन्छ ।

यी सेवाहरुको लागि डेढ सय रुपैयाँदेखि २५ हजारसम्मको सौन्दर्य सेवा दिने गरिएको श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?