+
+

अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:२६
फाइल तस्वीर

१ असोज, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको छ ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसमा सहमति जनाएको छैन । विभागका अधिकारीहरुका अनुसार असोज ६/७ गतेतिर फेरि छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?