Comments Add Comment

ए डिभिजन लिगमा हरेक खेल जित्दा ५० हजार म्याच मनी

फाइल तस्वीर

१ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सहमति अनुसार प्रत्येक म्याचको विजयी टिमलाई ५० हजार नगद अर्थात् म्याच मनी दिनेछ । बराबर खेल्दा दुवै टिमले आधाआधा पाउनेछ ।

कुल ९१ खेल हुने लिगको म्याच मनी ४५ लाख ५० हजार हुनेछ ।

यस्तै प्रतियोगिताको उदयमान खेलाडीलाई एक लाख दिइनेछ भने ३० लाख ५० हजार अफिसियल खर्च गरी कुल ५० लाख रुपैयाँ परिषद्ले एन्फालाई दिइने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment