+
+

स्थानीयको अवरोधका कारण विराटनगरमा आकाशे पुल निर्माणको काम रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १८:०१
फाइल तस्वीर: विराटनगर महानगरपालिकाले शिलन्यास गरेको आकाशे पुल

१ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले शिलन्यास गरेको तीनै स्थानमा आकाशेपुल निर्माणको काम रोकिएको छ ।

प्रदेश सांसद र नेताहरुले आफ्नो घरजग्गा अगाडि नबनाउन दबाब दिएपछि बिराट्‍नगरको मुख्य बजार घाँस चोक, बरगाछी र कञ्चनबारीमा पुल निमार्णको काम रोकिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

‘आकाशे पुल सबैलाई चाहिएको छ, तर आफ्नो घर अगाडि होइन्,’ उनले भने,‘ त्‍यही पनि हामीले छलफल गरिरहेका छौं, एउटा निकासमा पुग्छौं ।’

मेयर पराजुलीका अनुसार कञ्चनबारीमा काङ्ग्रेस प्रदेश सांसद चुमनारायण तबदारसहितले आफ्नो घरअघि नबनाउनु भन्दै रोकेका छन् । रोडशेष चोक नजिकै काङ्ग्रेस मोरङ सचिव नागेश कोइरालाले आफ्नो जग्गा अगाडि नबनाउनु भन्दै काम रोकेका छन् । यस्तै बरगाछीमा पनि घर अगाडि नबनाउनु भन्दै स्थानीयको निवेदन परेको उनले बताए ।

गत चैत २ गते महानगरपालिकाका मेयर भीम पराजुलीले तीन स्थानमा आकाशे पुल निर्माणका लागि शिलन्यास गरेका थिए । तर तीनै स्थानमा सांसद र नेताहरुले कारण आकाशेपुल निर्माणको काम रोकिएको महानगरका मेयर पराजुलीले बताए ।

प्रदेश सरकारले घाँस चोकमा पुल बनाउने भएपछि महानगरले बनाउने पुल बसपार्कमा बनाउने तयारी गरेपनि बसपार्कमा ठाउँ नपुगेपछि रोडशेष चोक नजिकै सारिएको उनले बताए । रोडशेष चोक नजिकै जग निर्माणका लागि महानगरले ६ लेन सडकको नाला पनि भत्काएको छ । तर जग्गा धनीले रोकिदिएपछि काम अघि बढेको छैन ।

यता, विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार आकाशे पुलको जग मात्रै कङक्रिटको हुनेछ भने बाकी संरचना स्टीलको हुनेछ । उनले भने, ‘ठेकेदार कम्पनीले जगदेखि माथि प्रयोग हुने स्टील संरचना तयार गरिरसकेको छ।अब बाँकी संरचना स्टीलको हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?