
१ असोज, धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्ए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा प्रमुख सचेतकबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।
दल विभाजन हुँदा एमालेमा बसेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए । त्यही ठाउँमा अहिले तारा र माया मन्त्री र राज्यमन्त्री बनेका हुन् ।
सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।
प्रतिक्रिया 4