+
+

जाजरकोटमा देउता नुहाउन चाँदे हिमाल गएका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते २०:३८
प्रतीकात्मक तस्वीर

१ असोज, सुर्खेत । जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन गएका एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–१, काप्राका ५९ वर्षीय अविमान रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको वर्षासँगै आएको हावाहुरीमा परेर रावको निधन भएको हो । यस्तै अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार उनीहरु बुधबार गाउँबाट देउता नुहाउनका लागि चौरीपाटनको नदाई डाव हिँडेका थिए । २५ जनामध्ये शुक्रबार बिहान रावतको मृत्यु भएको र अन्य २४ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

पूर्णिमाको पाँच दिन अगाडि चाँदे हिमाल पुगेर नुहाएर देउता ल्याउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?