+
+

सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १६:५६

२ असाेज, सुर्खेत । सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताए । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?