+
+

काठमाडौं विश्वविद्यालय र जाम्बियाका अवैतनिक महावाणिज्यदूतबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ११:२१

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो ।

अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्रा.डा. कन्हैया झा, स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनीष पोखरेल र सहायक डीन वृजेश अधिकारी, रिसर्च डेभलपमेन्ट एन्ड इन्नोभेसनका निर्देशक प्रा.डा. दीपक सुवेदी, उपकुलपति कार्यालयको कोअर्डिनेटर डिभिजनका निर्देशक प्रा.डा. विभूतिरञ्जन झा र कम्युनिटी इंगेजमेन्टका सल्लाहकार प्रा.डा. बालचन्द्र लुइटेल, ग्लोबल इंगेजमेन्ट डिभिजनका सहनिर्देशक डा. उद्धव प्याकुरेल, प्रा.डा. भूपेन्द्र विमल क्षेत्री लगायतको सहभागिता थियो । नेपालस्थित जाम्बियाको महावाणिज्यदूतावासका तर्फबाट महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेतसँगै कन्सुलेट प्रभात कार्की उपस्थित थिए ।

स्कुल अफ इन्जिनियरिङका सहायक डीन वृजेश अधिकारीको छोटो प्रस्तुतिबाट सुरु भएको अन्तरक्रियामा केयु र जाम्बियाबीच विगतमा भएका सहकार्यको समीक्षा गर्दै त्यसलाई आउँदा दिनमा अझ लाभदायी बनाउन के गर्न सकिन्छ भन्नेबारे छलफल भयो ।

अधिकारीको प्रस्तुतिमा नेपालमा जाम्बियाका मात्र नभई अन्य अफ्रि की मुलुकका विद्यार्थीका लागि पनि प्रभावकारी उच्च शिक्षाको केन्द्र बन्न सक्ने खुबी रहेको देखिएको छ । केयुबाट दिक्षित १९ जना जाम्बियाका नागरिक त्यहाँ विभिन्न क्षेत्रमा पहिलेदेखि नै कार्यरत रहेको पृष्ठभूमिमा केयुलाई त्यस क्षेत्रमा अझ लोकपि्रय बनाउनमा ति पुर्व विधार्थीलाई सद्भावना दूतका रूपमा परिचालन गर्नुपर्ने सहभागीहरूको सुझाव रह्यो ।

विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षण गरेको, केयुमा कार्यरत हरेक प्राध्यापक र सहप्राध्यापकको मातहत अनुसन्धानको काम गर्ने रिसर्च फेलो रहने नयाँ व्यवस्था अनुरुप यदि उक्त फेला विदेशी नागरिक भएमा उनको शिक्षण शुल्क र स्थानिय आवास सुविधा समेत उपलब्ध गराइने प्रावधान विदेशि विधार्थिलाइृ नेपालमा पढ्ने आकर्षणकालागि भएको र यो नयाँ नीति जाम्बियासहित अन्य अपि|mकी मुलुकहरूमा प्रचार गरिदिन आग्रहसमेत केयु पदाधिकारीहरूको रहेको छ ।

शैक्षिक उत्कृष्टता एवं प्राविधिक र व्यावसायिक शिक्षाका लागि केयु र जाम्बियाका विच कस्तो सहकार्य आवश्यक छ भन्ने उक्त अन्तरक्रियामा दुवै पक्षबीच भविष्यमा थप सहकार्य गर्न सकिने संभाव्य र रुचिका क्षेत्रहरू पहिल्याउन र त्यसै भित्र रहेर काम गर्न सहमति भयो । खानी, ऊर्जा, प्रविधि हस्तान्तरण, अनुसन्धानमूलक गतिविधि, संकाय-विद्यार्थी आदानप्रदान कार्यक्रम लगायत पनि कुराकानीका विषय बनेका थिए ।

केयु र जाम्बियाका विश्वविद्यालयहरूबीच सहकार्यको वातावरण बनाउन गैरआवासीय नेपालीहरूलाई परिचालन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?