+
+

विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ११:४१

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गर्ने भएको छ । । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गर्ने छिन् ।

स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, भजन शिरोमणी भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल, स्वर्गिय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । संगीतकार शम्भुजित बाँस्कोटालाई किर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

यस्तै, प्रबल जनसेवाश्री पदक कलाकारहरु रमेश वुढाथोकी, दीपाश्री निरौला, हेमन्त वुढाथोकी, नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायकहरु चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, लोकगायिका विष्णु माझी, गीतकार कस्तुप पन्त, गायिका देविका प्रधानलाई प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

जनसेवाश्री पदकबाट भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कलाकार केकी अधिकारी, अनमोल केसी, निर्देशक मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर, नृत्यांगना तेरिया मगर, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा, गायिका राधिका हमाल, हाँस्य कलाकार कमल गाउँले, गायक नविन पौडेल, कलाकार सुजल बमलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?