+
+

सुजित मैनालीको पुस्तक ‘सती’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १४:११

३ असोज, काठमाडौं । लेखक सुजित मैनालीको अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ । यसै साता बजारमा उपलब्ध आएको उक्त पुस्तकले मान इतिहासकै एक क्रूर अध्याय मानिने सतीप्रथाबारे प्रकाश पार्ने कोशिश गरेको छ ।

पुस्तकले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ । नेपालमा सतीप्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरु लैंगिक भेदभावका अनेक पाटोका रुपमा समाजमा अझै व्याप्त रहेको विषयमा पुस्तकले प्रकाश पारेको छ ।

‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन ग¥यो भनी चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेसी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ,’ लेखक मैनाली भन्छन् ।

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएको देखिन्छ । वि.सं. १९७७ मा चन्द्रशमशेरले देशभर सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानूनी रुपमा अन्त्य भएको हो ।

‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो, इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सके मात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ मैनाली अगाडि भन्छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित ग¥यो ।’

लेखक मैनालीले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्याय छन् । ‘सती’ लाई किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

लेखनमा अन्तर्विधागत पद्धतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास ः नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?