+
+

कृषि उद्यम केन्द्रले अघि सार्‍यो १०० किसान अवधारणा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १८:१४

३ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रले ‘१०० किसान कार्यक्रम’ अवधारणा अघि सारेको छ ।

देशभरबाट कम्तिमा १०० जना व्यवसायिक किसान/उद्यमी पहिचान गरी संस्थामा आवद्ध गराउने र उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम अघि सारिएको केन्द्रका सभापति अरुणराज सुमार्गीले बताए ।

संस्थामा आवद्ध किसान/उद्यमीलाई व्यवसायिक विविधिकरण गरी विस्तार गर्ने र बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार व्यवसायिक क्रियाकलापहरु सञ्चालन गर्न कार्यक्रमले सघाउने केन्द्रको विश्वास छ ।

यो कार्यक्रमबाट न्यूनतम एक जिल्लाबाट एक किसान समावेश हुनेगरी ७७ वटै जिल्लाका किसान एवं उद्यमीको सहभागिता रहने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?