+
+
उपभोग्य मिति सकिएको चियापत्ति बिक्री प्रकरण :

अनुसन्धान रोक्न युनिलिभरबाट धम्की आएको उपभोक्ता संरक्षण मञ्चको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १८:२७

३ असोज, काठमाडौं । उपभोग्य मिति सकिएको चियापत्ति ब्रिकी प्रकरणको अनुसन्धान रोक्न बहुराष्ट्रिय कम्पनी युनिलिभरबाट धम्की आएको उपभोक्ता हित संरक्षण मञ्चले आरोप लगाएको छ ।

कम्पनीको हेटौंडास्थित प्रशोधन कक्षबाट बरामद गरिएको म्याद सकिएको ३२ टन सीटीसी चियापत्ति प्रकरणमा कारबाही रोक्न कम्पनीले धम्की दिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कम्पनीको उच्च तहबाट शक्ति केन्द्रलाई प्रभाव पार्ने तथा अनुगमनमा संलग्न मञ्चका अधिकारकर्मी उपर धम्की दिने जस्ता कामकारवाही भइरहेको छ, यसमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’ मञ्चका उपमहासचिव विष्णु प्रसाद तिमिल्सिनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत भदौ १५ गते उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त टोलीले युनिलिभर नेपाल लिमिटेडको हेटौंडा उपमहानगरपालिका-४ स्थित चिया प्रशोधन केन्द्रमा अनुगमन गरेको थियो । अनुगमन क्रममा उपभोग्य अवधि नाघी म्याद गुज्रेको, उपभोग्य मिति नै उल्लेख नगरिएका र लेवल विवरणमा मार्करले लेखेका ३५ किलो तौलका करीब ९२० बोरा चिया फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाौंडाले उक्त उद्योगको प्रशोधन कक्ष शिलबन्दी गरेर थप अनुसन्धान अघि बढाएको मञ्चले जनाएको छ ।

कानून बमोजिम लेवल नभएका र म्याद गुज्रेको गुणस्तरहीन चियालाई प्रशोधन गरी ब्रोक बोण्ड र रेड लेबल ब्रान्डको चिया उत्पादन गरी युनिलिभरले महङ्गो मूल्यमा उपभोक्तालाई बजारमा बिक्री वितरण गर्ने गरेको मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानीयाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?