+
+

अमेरिका-बेलायत-अष्ट्रेलियाबीचको रक्षा सम्झौताको उत्तर कोरियाद्वारा निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते ११:४०

४ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) सम्झौताको उत्तर कोरियाले विरोध गरेको छ ।

यसअघि नै चीन र फ्रान्सले यो सम्झौतामा विरोध जनाइसकेका छन् । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यसबाट उत्तर कोरियाको सुरक्षामा असर परेको अवस्थामा त्यसविरुद्ध कुनै उपायको खोजी गर्ने बताएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेशमन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै सोमबार एक विज्ञप्ति जारी गरेको हो । यसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएो यो सम्झौता ‘निकै खतरानक’ रहेको र यसले एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलनलाई नष्ट गर्ने उल्लेख गरिएको छ । साथै यसले हतियारको दौडलाई बढावा दिने विज्ञप्तिमा उल्लेख छ ।

उत्तर कोरियाले यो सम्झौतालाई नजिकबाट नियालिरहेको र यसको सानो मात्र नकारात्मक असर देखिएको अवस्थामा पनि त्यसविरुद्ध कारबाहीमा उत्रिने बताएको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडनले अष्ट्रेलिया र बेलायतसँगको सुरक्षा सम्झौताको घोषणा गरेका थिए ।

यो सम्झौता अनुसार अष्ट्रेलियालाई अमेरिकाले कम्तीमा आठओटा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी दिनेछ । यो सम्झौतालाई भारत–प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न उठाइएको कदमको रुपमा लिइएको छ ।

यो सम्झौतासँगै यष्सअघि अष्ट्रेलिया र फ्रान्सबीच भएको पनडुब्बी खरिदको सम्झौता पनि रद्द भएको छ । यसप्रति फ्रान्सले पनि अमेरिका र अष्ट्रेलियाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?