+
+

‘काटी दिउँला जुङ्गा जम्मै’मा शिव, गौरी, भुवनदेखि सलोन र रुविनासम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते ११:४७

निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको ३१ औं चलचित्र ‘डाँडाको वरपीपल’को प्रदर्शन मिति सार्वजनिक भएको छ । यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन मितिसँगै नयाँ गीत ‘काटी दिउँला जुङ्गा जम्मै’ पनि सार्वजनिक गरियो ।

यो गीतमा स्वर्गिय गायक खेमराज गुरुङ र गायिका रीमा गुरुङको स्वर छ । गीतमा उमंग लामा र केशव चौलागाँइको शब्द, उमंग लामाको संगीत छ ।

यो गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल कलाकारहरु नायक शिव श्रेष्ठ, भुवन केसी, नायिका गौरी मल्लको नृत्य हेर्न सकिन्छ । साथमा गीतको भिडियोमा सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने लगायतको नृत्य पनि चलचित्रमा हेर्न सकिन्छ ।

यो चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली लगायतको अभिनय छ । चलचित्रको यो गीतलाई कोरियोग्राफर रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । बुढासुब्बा डिजिटलको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा नवराज गिरीको कथा तथाथ निर्मािण छ ।

रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ । सरस्वती गिरी चलचित्रको कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?