+
+

सामसुङलाई टक्कर दिँदै गुगल, फोल्डेबल स्मार्टफोन ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १३:०९

गुगल कम्पनीले केही वर्ष अगाडि नै एक फोल्डेबल अर्थात् स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा ल्याउने संकेत दिएकेा थियो । तर हालसम्म प्रयोगकर्ताहरुले गुगलको फोल्डेबल फोन देख्न पाएका छैनन् । अहिले फेरि गुगलको फोल्डेबल फोनका बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको जानकारी अनुसार गुगलले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गुगलको पहिलो फोल्डेबल स्मार्टफोनको नाम गुगल पिक्सेल फोल्ड रहनेछ ।

गुगलको पिक्सेल फोल्डले फोल्डेबल स्मार्टफोन बजारमा एकाधिकार जमाइरहेको अग्रणी कम्पनी सामसुङलाई टक्कर दिने विश्वास गरिएको छ । यद्यपि गुगलले आफ्नो उक्त पिक्सेल स्मार्टफोनका बारेमा आधिकारिक रुपमा केही बताएको छैन ।

गुगलको फोल्डेबल फोनमा LTPO (Low–temperature polycrystalline oxide) OLED डिस्प्ले हुने बताइएको छ ।

स्मार्टफोनको डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स नामक संस्थाका वरिष्ठ उपाध्यक्ष डेभिड नारन्जाले एक ट्वीट मार्फत् गुगल पिक्सेल फोल्ड स्मार्टफोन सन् २०२१ को चौथो त्रैमासिक सम्ममा बजारमा आउनसक्ने बताएका छन् । हालै उनले गरेको एक ट्वीटमा निकट भविष्यमा बजारमा आउने भनिएका LTPO डिस्प्लेयुक्त डिभाइसहरुको सूची समावेश थियो, जसमा गुगल पिक्सेल फोल्ड पनि उल्लेख रहेको छ ।

स्मरण रहोस् गतवर्ष पनि गुगलले Passport नामको फोल्डेबल स्मार्टफोन उत्पादनको तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो । गुगलले सन् २०१९ मै फोल्डबेल स्मार्टफोनको प्रोटोटाइप निर्माणको कार्य सुरु गरेको जानकारी गराएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?