
प्रतीकात्मक तस्वीर
४ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ ।
स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।
उनले भने, ‘संक्रमणको जोखिम अझै कम भइसकेको छैन । जोखिमका कारण अभिभावकहरु पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन तयार छैनन् । बीचमा संक्रमण कम भएको अवस्थामा दशैंपछिको बैठकले पुर्नविचार गर्न सक्नेछ ।’
कटुवालका अनुसार उपमहानगरपालिकामा सामुदायीक विद्यालय ४५, विशेष विद्यालय ४, धार्मिक ६ र संस्थागत ९६ वटा विद्यालय सञ्चालित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4