+
+

अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १४:३५

४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए ।

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘…यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गर्छौं ।’

सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?