+
+
Shares

आरकेष्ट्रा नचाएको आरोपमा धनुषाबाट पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:३०

४ असोज, धनुषा । प्रहरीले आरकेष्ट्रामार्फत अश्लील भोजपुरी गीतमा नचाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-७ का २३ वर्षीय श्‍याम पासवान (उद्घोषक), भारत उत्तरप्रदेश महराजगञ्‍ज इटहर्वा बस्‍ने २१ वर्षीय अनुशव मिश्र, भारत बिहार बेतिया अमोलिया सिङगरीका २५ वर्षीय सुनील पासवान र अमोलिया सिङगरीकी २१ वर्षीया रिनादेवी पासवान रहेकी छिन् ।

स्थानीय रामनारायण मण्डल केवट छोरा सानु मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिइ आरकेष्ट्रा ल्याएर अश्लील भोजपुरी गीतहरु चर्को आवाजमा बजाएको स्थानीयहरुले उजुरी दिएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै आयोजक २५ वर्षीय सानु मण्डल र सञ्‍चालक ३५ वर्षीय राम मनोहर अधिकारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्‍नेतले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?