+
+

छिमेकीलाई प्राथमिकतामा राख्दै भारतले अक्टोबरदेखि कोरोना खोप निर्यात गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते ७:२७
भारतका स्वास्थ्यमन्त्री मनसुख मंडाविया

५ असोज, काठमाडौं । भारतले आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात शुरु गर्ने घोषणा गरेको छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले सो घोषणा गरेका हुन् ।

उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो ।

भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । उनले पत्रकारहरुसँग भनेका छन्, ‘हामी अरु मुलुकलाई सहयोग गर्छौं, कोभ्याक्स र छिमेकी प्राथमिकतामा हुनेछन् ।’

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज खोप रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?