+
+

एमाले सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १३:४९

५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले संसद श्रेष्ठलाई बोल्न समय दिएका थिए । त्यसपछि एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?