+
+

बजेटमा भदौ ३१ देखिकै खर्चले वैधता पाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:०१
फाइल तस्वीर

५ असोज, काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो ।

एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ र बजेट कार्यान्वयनमा जानेछ ।

विनियोजन विधेयकमाथि दफावार छलफल समूहीकृत हुनेछ । राष्ट्रियसभा अध्यक्षले दफावार छलफल यही असोज ७ गते दिउँसो २ बजे बस्ने बैठकमा हुने गरी समय तोकेको घोषणा गरेका छन् ।

भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउने

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयकमा विधेयक भदौ ३१ गतेदेखि लागू हुने उल्लेख छ । यही व्यवस्थासहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रााष्ट्रियसभाबाट समेत स्वीकृत भएको छ । राष्ट्रियसभाबाट जस्ताको तस्तै पारित भए भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउनेछ ।

बजेट समयमा संसदबाट पारित नहुँदा अहिले मुलुक बजेट होलिडेमा छ । यो समयमा भएको खर्चले कानूनी वैधता कसरी पाउँछ भन्ने चासोका बीच विधेयकमा भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउने गरी भूतप्रभावी व्यवस्था राखिएको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश भदौ ३० गतेबाट निस्क्रिय भएको छ । प्रतिस्थापन विधेयक पारित भएपछि भदौ ३१ गतेबाट लागू भएको मानिने गरी बजेट पारित गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?