
फाइल तस्वीर
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताएका छन् । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताए ।
उनीभन्दा अगाडि बोलेका पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनेका थिए । त्यसमा असहमति जनाउँदै ओलीले भने, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’
उनले अघि भने, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’
बरु नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4