+
+

पुनः शुरु भयो माउन्टेन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:१९

५ असोज, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ । वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी माउन्टेन फ्लाइट गर्दै आएका छन् ।

कोरोना महामारी कम हुँदै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको छ । कम्पनीका अनुसार ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । माउन्टेन फ्लाइटमा ठूलो जहाज (एटीआर) प्रयोग गरिनेछ । सोहीकारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रु सँगैको सिटमा बसेर यात्रा गर्न सक्ने छन् ।

काठमाडौं विमानस्थलबाट करीब एक घण्टाको उडानपछि जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन्छ । यस उडानका दौरान सगरमाथासहित करीब दुई दर्जन मुख्य हिमचुचुरोलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । दशैं नजिकिएसँगै मौसम समेत सफा हुने भएकाले कम्पनीहरुले पर्वतीय उडान थालेका हुन् । उता, यति एयरलाइन्सले समेत शनिबार र आइतबार माउन्टेन फ्लाइट गर्ने भएको छ । कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिको उडान आगामी शनिबारबाटै शुरु हुनेछ । यतिले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?