+
+

साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ८:१८

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् ।

मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । नेपाललाई एसिनय कप छनोटको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने भए पनि नतिजा त्यस्तो आएन ।

पहिलो खेलमा आफ्नै गल्तीमा अन्तिममा दुई गोल बेहोरेपछि नेपाल अग्रता लिएर पनि फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो ।

दुई खेलबाट १ अंक मात्र जोड्न सफल नेपाल एसियन कप होडबाट बाहिरियो ।

हङकङविरुद्ध खेलमा नेपालले पकड बनाए पनि गोल गर्न चुक्यो । यस्तो नेपालले सावित्रा भण्डारी साम्बालाई स्पष्ट रुपमा मिस गर्‍यो । प्रशिक्षक ग्यारीले पनि यो स्वीकार गरे ।

उनले साम्बा भएको भए नेपालले गोल गर्न सक्ने बताए । ‘साम्बाको अभाव टोलीलाई शतप्रतिशत महसुस भयो’ ग्यारीले भने,‘यदि आजको खेलमा साम्बा भएको भए सम्भवत हामीले हङकङलाई २०/२५ गोल गर्थ्‍यौं ।’

ग्यारी नेपालले सबै क्षेत्रमा राम्रो खेले पनि गोल गर्न मात्र नसकेको बताए । ‘हामीले सबै क्षेत्रमा राम्रो खेल्यौँ । तर पोष्टमा गोल गर्न मात्र सकेनौँ ।’

उनले फिलिपिन्स र हङकङ दुवै टिमविरुद्ध नेपालले राम्रो खेलेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?