+
+

१०० वर्ष पहिलेको फ्लु महामारी, संक्रमणबाट बाँच्न नाकमा रक्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ९:३४

के मदिराले भाइरस मार्न सक्छ ? यो प्रश्न कोरोना महामारी सुरु भएसँगै सोध्न थालिएको थियो । कुनै अनुसन्धान वा अध्ययनले यो कुराको पुष्टि गरेको छैन र रक्सी पिउनाले कोरोना संक्रमण निको हुन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण पनि छैन । तर आजभन्दा झण्डै १०० वर्ष अगाडि विश्वमा फैलिएको निकै भयानक महामारीका क्रममा मानिसहरुले हि्वस्कीलाई भाइरसविरुद्धको औषधिको रुपमा प्रयोग गरेका थिए ।

सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले लाखौंको ज्यान लियो । त्यस समय मानिसहरुलाई स्पेनिस फ्लु के कारणले फैलिएको भन्ने थाहा नै थिएन । स्पेनिस फ्लुको भाइरस पत्ता लाग्ने बेलासम्म निकै ढिलो भैसकेको थियो र धेरै मानिसको मृत्यु भैसकेको थियो ।

उक्त समय सो भाइरसका बारेमा विश्वका निकै सीमित मात्रै जानकारी थियो । सुरुमा डाक्टरहरुले यो रोग ब्याक्टेरियाले लागेको हो कि भन्ने ठानेका थिए, किनकि संक्रमित मृतकको फोक्सोमा ब्याक्टेरियाको संक्रमण पाइएको थियो । तर पछि वैज्ञानिकहरुले स्पेनिस फ्लुको कारक तत्व ब्याक्टेरिया नभई भाइरस भएको पत्ता लगाए । फोक्सोमा पाइएका ब्याक्टेरिया चाहिं फ्लु संक्रमण पछिको सेकेन्डरी इन्फेक्सन थियो । त्यसपछि उक्त महामारीका क्रममा डाक्टरहरुले फ्लु को उपचारको खोजी गरे र त्यसमा केही सफलता पनि प्राप्त भएको थियो ।

त्यस समय स्पेनिस फ्लुबाट बँच्नका लागि मानिसहरुले अनेक खालका उपचार पद्धति अपनाएका थिए । अनौठो त के भने महामारीका क्रममा हि्वस्कीलाई समेत औषधिको रुपमा प्रयोग गरिएको थियो ।

न्युजिल्याण्डकी एक नर्सले स्पेनिस फ्लुको उपचारमा हि्वस्कीको प्रयोग गर्न सकिने कुराको वकालत गरेपछि यो झनै चर्चित बनेको थियो । हि्वस्कीलाई केही तातो बनाएर नाकमा हाल्ने गरिन्थ्यो । साथै भाइरस मार्नका लागि भन्दै नाकमा विभिन्न खाले तेल हाल्ने चलन पनि चलेको थियो ।

तर विडम्बना फ्लु को उपचारका लागि हि्वस्की प्रयोग गर्न वकालत गर्ने ती नर्स पनि भाइरसबाट संक्रमित भइन् । दक्षिण अफ्रिकामा स्पेनिस फ्लुका बिरामीहरुको हेरचाह र उपचारका क्रममा उनी संक्रमित भएकी थिइन् । संक्रमित भएर सिकिस्त भएकी उनलाई ६ हप्तासम्म केवल ब्राण्डी र दूध पिलाएर राखिएको थियो भनिन्छ ।

स्पेनिस फ्लुको कुनै खास उपचार र खोप पनि नभएको हुनाले मानिसहरुले आ-आफ्नै तरिकाले घरेलु उपचारहरु गर्दथे । विभिन्न खाद्यान्न कम्पनीहरुले फ्लु संक्रमण रोक्ने र निको पार्ने भन्दै विभिन्न खानेकुराहरु बजारमा ल्याएका थिए

लाखौं मानिसको ज्यान लिएर स्पेनिस फ्लुको प्रकोप साम्य भयो । तर रुघाखोकी तथा जीउमा चिसो हटाउन भन्दै हि्वस्कीको चुस्की लगाउने चलन चाहिं संसारभर फैलियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?