+
+

विप्लव समूहको निर्णय : फागुनमा महाधिवेशन, शासन व्यवस्थाबारे जनमतसंग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ९:५१
बन्दीपुरमा आयोजित केन्द्रीय समिति बैठक । तस्वीर : इरातोखबर

६ असोज, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।

देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?