+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्सामा सशस्त्र प्रहरीका सात स्थानमा बोर्डर आउट पोष्ट स्थापना

रासस रासस
२०७८ असोज ६ गते ११:१०

६ असोज, वीगञ्‍ज। पर्सा जिल्लाअन्तर्गत नेपाल-भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन्।

सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करीब रु. एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् । उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

यसअगावै उक्त स्थानमा बोर्डर आउट पोष्टका आफ्नै भवन नहुँदा पुराना र जिर्ण अवस्थामा रहेका सरकारी तथा सार्वजनिक भवनमा गुजारा चलाइँदै आएको थियो । जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?