+
+

‘सक्किगो नि’मा फर्किए ‘पाँडे’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १२:३४

लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।

बिहीबारको भागदेखि आफू ‘सक्किगो नि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले अनलाइनखबरसँग भने, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’ अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन।

आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रसारण हुँदै आएको ‘सक्किगो नि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?