+
+

म सभापतिको दाबेदार होइन : गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १४:३१

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् भनेर आफूले भूमिका खेल्ने बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने भन्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा छैन । भविष्यमा पनि म त्यो पदका लागि प्रतिस्पर्धा गर्दिनँ ।’

उपसभापति गच्छदारले आफूले फोरम लोकतान्त्रिकलाई कुनै गुटमा नभई कांग्रेसमा समाहित गरेको र सबैको साझा व्यक्ति बन्न सक्ने बताए । उनले अघि भने, ‘म के पदमा प्रतिस्पर्धा गर्छु, आउने दिनमा भन्नेछु ।’

उनका अनुसार फोरम लोकतान्त्रिकको तर्फबाट सिफारिस भएका २५ हजार ४६८ मध्ये २३ हजार ४ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?