+
+

डायलाइसिस सेन्टर कम हुँदा मिर्गौला रोगीलाई समस्या : स्वास्थ्य राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:२८
फाइल तस्वीर

६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला रोगीको उपचारका लागि उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल कम हुँदा बिरामीले दुई वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको किड्नी फेल हुने गरेको विवरण आइरहेको भन्दै आवश्यकता अनुसार डायलाइसिस सेवा पु¥याउन सरकार लागिपरेको बताए ।

मिर्गौला रोगीको डायलाइसिस, क्यान्सरजस्ता रोगको उपचारको लागि व्यवस्थापन नगरे ठूलो महामारी बेहोर्नुपर्ने अवस्था आउने समेत राज्यमन्त्री श्रेष्ठले बताए । प्रदेशदेखि जिल्लासम्म डायलाइसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्नेमा उनले जोड दिए ।

सरकारले दुई सयदेखि तीन सयवटा डायलाइसिस सेन्टर बनाउने योजना बनाएको र ६ महिनाभित्र मिर्गौला प्रत्यारोपण र डायलाइसिसमा ठूलो परिवर्तन देखिने समेत उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?