+
+

मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:३८
फाइल तस्वीर

६ असोज, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो ।

बैठकले ‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

नेपालमा  नेफ्रोलिजिष्टको दरबन्दी संख्या कम भएको भन्दै समितिले समयसापेक्ष नेफ्रोलिजिष्ट वृद्वि गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारी अस्पतालहरुमा डायलाइसिस सेवालाई प्रभावकारी बनाउनुपर्ने, मिर्गौलासम्बन्धी  विशेष अस्पतालको व्यवस्थापन गर्नुपर्ने, विद्यालय तहको पाठ्यक्रममा समयसापेक्ष स्वास्थ्यसम्बन्धी जानकारी राख्न पनि समितिले सरकारलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?