+
+

अफगानिस्तानमा अज्ञात आक्रमणकारीको गोली आक्रमणमा तीनजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:५४

६ असोज, काठमाडौं । पूर्वी अफगानिस्तानमा अज्ञात हतियारधारीको गोली आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार म दुई तालिबानका लडाकु र एक आम नागरिकको उक्त आक्रमणमा मृत्यु भएको हो ।

गत महिना अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि पनि अफगानिस्तानमा आक्रमणका घटना भने रोकिएको छैन । समाचारमा बताइएअनुसार जलालाबादस्थित तालिबानको चौकीनजिकै गाडीमा आएका आक्रमणकारीले नजिकैबाट गोली हानेका थिए ।

तालिबानका अधिकारीले पनि यो आक्रमणको पुष्टि गरेका छन् । यद्यपि मृत्यु हुनेहरु सबै मानिसहरु आम नागरिक भएको तालिबानको दाबी छ । जलालाबाद अफगानिस्तानको नंगरहार प्रान्तको राजधानी हो । यो सहर इस्लामिक चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)को बलियो पकड रहेको क्षेत्र हो।

अफगानिस्तानमा नियन्त्रण गरेयता आईएसले तालिबानलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ । गत शनिबार पनि आईएसले हालै भएको दुई बम आक्रमणको जिम्मेवारी लिएको छ । जसमध्ये एउटा कम आक्रमण नंगरहार प्रान्तमा भएको थियो यो विष्फोटमा दुईजनाको मृत्यु भएको थियो ।
अर्को विष्फोट भने राजधानी सहर काबुलमा गरिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?