+
+

सप्तरीमा पुनः एक बालिकाको डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:२४

६ असोज, सप्तरी । सप्तरीमा पुनः एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलबार तीनजनाको डुबेर मृत्यु भएको एकदिन नबित्दै पुनः एकजना बालिकाको मृत्यु भएको हो ।

मृत्‍यु हुनेमा महादेवा गाउँपालिका-२ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी रहेकी छन् । उनको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी भाधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसअघि महादेवा गाउँपालिकामा ३० बर्षीया महिला, खडक नगरपालिकामा ३ बर्षीया र तिलाठी कोइलाडी गाउँपालिकामा १२ बर्षीया बालिकाको डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?