
६ असोज, गोरखा । गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका–३ गंगटेघाटबाट मंगलबार बेलुकी ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठसँगै प्रहरीले काठ ओसारपसारमा प्रयोग भएको ग १ त ६८९५ नम्बरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बञ्चरो दुई थान समेत बरामद गरेको छ ।
पेट्रोलिङ गस्तीमा गएको प्रहरी टोलीले देखेपछि काठ ओसारपसारमा संलग्न रहेकाहरु भने भागेका थिए । बरामद गरिएको काठ, ट्याक्टर र औजार डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4