+
+

नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:५६
फाइल तस्वीर

६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको उनले बताएका छन् ।

बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।

इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको थियो । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि सौहाद्र्धपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?