+
+
Shares

कर्णाली प्रादेशिक अस्पताललाई ‘ब्याक टु लाइफ’ले दियो स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:५०

६ असोज, सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रादेशिक अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

प्रदेश अस्पताल सुर्खेतस्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर  देवकुमार सुवेदीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक  डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलद्वारा   हस्तान्तरण गरिएको हो ।

संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको बताएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लाहरुमा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै  आएको छ । मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ्ग सेन्टर सन्चालन गरेको छ । संस्थाले कोभिड १९ को उपचारको लागि मुगु र वागमती प्रदेशमा पटक-पटक मेडिकल र राहत सामग्री सहयोग गरिरहेको बताएको छ ।

उक्त कार्यक्रममा उपस्थित ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत अन्जन दाहालले  उक्त हस्तान्तरण कार्यक्रम ४२सौं सामाजिक  सेवा दिवसको अवसर पारेर आयोजना गरिएको जानकारी दिए ।

संस्थाले बुधबार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट हस्तान्तरण  सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?