+
+

‘महानायक–महानायिका’को बहसले ओझेलमा परेको सलोनको ‘प्रिन्टेट कोट’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १२:५७

कहिलेकाहीँ कलाकारले एउटा कुरा सोचेर कार्यक्रममा आफ्नो उपस्थिती जनाउँछन्, तर भैदिन्छ अर्को । अब, सलोन बस्नेतलाई नै हेर्ने हो भने चलचित्र ‘डाँडाको वर पीपल’को पत्रकार सम्मेलनमा यस्तै भयो । सलोनले सो दिन एउटा कोट लगाएका थिए । जसमा निर्देशक शोभित बस्नेत, नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्लको तस्वीर प्रिन्ट गरिएको थियो ।

सो कोट लगाएको बिषयमा सलोनले आफै मिडियालाई जानकारी गराउनु परेको थियो । सलोनले आफ्नो बोल्ने पालो आएपछि अगाडि बढेर भने–‘भुवन अंकल, शिव अंकल, गौरी आन्टी मेरो लागि कती सम्माननिय हुनुहुन्छ भन्ने कुरा मैले कोटमा उहाँहरुको तस्वीर प्रिन्ट गर्नुले पनि प्रष्ट पार्छ । चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि उहाँहरुको ठूलो भूमिका छ ।’ सलोनले नायक भुवन केसीको चलचित्र ‘करोडपति’बाट बाल कलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । यसपछि, उनले शिव श्रेष्ठ, गौरी मल्लसँग केही चलचित्रमा पर्दा शेयर गरेका छन् ।

चार चलचित्रकर्मीको तस्वीर प्रिन्ट गरेर सलोनले कोट लगाएर मिडियामा राम्रै चर्चा हुने अपेक्षा पनि गरेका थिए । तर, भैदियो उल्टो । सो कार्यक्रममा नायक भुवन केसीले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको र गौरी मल्ल ‘महानायिका’ भएको चर्चा गरे । भुवनको यो कुरामा शिवले पनि आफ्नो कुरा राख्दै गौरीलाई ‘महानायिका’ भने ।

मिडियामा ‘महानायक र महानायिका’को बहसले यति ठूलो स्थान पायो कि सलोनको मिहिनेत नै ओझेलमा पर्यो । वुझिएअनुसार, सलोन मिडियामा चलचित्रको भन्दा बाहिरी बिषयमा बहस भएकोमा सन्तुष्ट छैनन् । अर्कोतिर, आफ्नो सर्टको समेत कुनै चर्चा नभएको भन्दै सलोनले असन्तुष्टी जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?