+
+

अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम सुनको बालासहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १४:१६

७ असोज, काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम अवैध सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ३०० ग्राम सुनको बाला बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालामा पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?