+
+

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १८:२८

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ ।

प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो ।

बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद हरेश महतोसहितको उपस्थितिमा क्षेत्रीय सभापति रामआश्रय साहले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले सांसद अमरेश कुमार सिंहको उक्साहटमा प्रदेश मन्त्री सिंहमाथि दुर्व्यवहारर भएको आरोप लगाएका छन् ।

मंगलबार दिउँसो कांग्रेस पार्टी कार्यालयमा प्रदेश मन्त्री सिंह र सर्लाहीकै कांग्रेस कार्यकर्ताबीच भनाभन भएको थियो । प्रतिनिधि सभा सांसद अमरेश सिंहकै निर्वाचन क्षेत्र रहेको प्रदेश सभा निर्वाचन क्षेत्र क बाट प्रदेश मन्त्री विजयी भएका हुन् ।

एउटै निर्वाचन क्षेत्र भएपनि दुई नेताबीच सौहार्द सम्बन्ध छैन । अमरेश संस्थापनइरत समूहमा छन् भने प्रदेशमन्त्री सिंह संस्थापन निकट नेता हुन् । क्रियाशील सदस्यताको विषयमा दुवै पक्षबीच विवाद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?