+
+

महाधिवेशनको कार्यतालिका हेरफेर गर्नु आपत्तिजनक : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:०५

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका हेरेफेर गरेकामा असन्तुष्टि जनाएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीभित्र जवाफदेहिता देखिन छाडेको टिप्पणी गरे ।

केन्द्रीय समितिले निर्णय गरेको महाधिवेशन कार्यतालिका कुनै छलफलविना हेरफेर गरिएकामा उनले असन्तुष्टि जनाएका हुन् । ‘तोकिएको तिथिमिति जसरी केन्द्रीय समितिको बैठकै नबसी सार्ने काम भइरहेको छ, यो आपत्तिजनक छ । यसरी सार्ने कुराले महाधिवेशनलाई अनिश्चित बनाउँछ । यसरी सार्न पाइँदैन । यसरी सार्नु हुँदैन पनि’ थापाले भने ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दशैंअघि नै गर्ने कार्यतालिका भए पनि बुधबार बसेको पदाधिकारी बैठकले दशैंपछि गर्ने सहमति गरेको थियो ।

पार्टीको शीर्ष नेताहरुको गतिविधिका कारण आफू मंसिरमा महाधिवेशन हुनेमा ढुक्क हुन नसकेको पनि थापाले बताए । ‘म महाधिवेशनका बारेमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएर पार्टीको कुनै पनि सदस्यलाई ढुक्क भएर मंसिरमा महाधिवेशन हुन्छ भन्न सक्ने अवस्थामा छैन’ उनले भने ।

थापाले अघि भने, ‘हल्का ढङ्गले एउटाले सारौं भन्ने अर्कोले हुन्छ भन्ने जुन अवस्था बन्यो । यसरी त भोलि गएर मंसिर आएपछि अब जाडो लाग्छ फागुनतिर गरौं भन्नुहोला । नयाँ वर्ष लागेपछि गरौं भन्नुहोला ।’

केन्द्रीय समितिले तोकेको महाधिवेशनको कार्यतालिका हेरफेर गर्दा केन्द्रीय सदस्यलाई पनि जानकारी नदिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?