+
+

गायिका इन्दिरा जोशीलाई खुम्बुमा पुगेर प्रेमीले राखे विवाह–प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १२:१३

गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । त्यस्तै, उनले केही महीना अगाडि नै आफू २ वर्षदेखि प्रेममा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । इन्दिराले लेखेकी थिइन् –‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं बर्ष एकसाथ अगाडि बढ्ने बाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

उनले प्रेमीबारे भने खुलाएकी थिइनन् । उनै इन्दिरा फेसन डिजाइनर शरद केडियासँग प्रेममा रहेको खुलेको छ । प्रेमी केडियाले हेलिकोप्टरमार्फत सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिरालाई प्रेम प्रस्ताव गर्दै औंठी लगाइदिएका छन् ।

इन्दिराले सामाजिक सञ्जाल फेसबुकमा शरदले आफूलाई औंठी लगाएको तस्वीर पोष्ट गर्दै प्रेमी सार्वजनिक गरेकी हुन् । उनले स्टाटस लेखेकी छन्, ‘उसले सोध्यो, तिमी मसँग बिहे गर्छौं ?’

मैले भने ‘एस’ ।

उनले अगाडि लेखेकी छिन्, ‘आई लभ यू शरद केडिया’ । सार्वजनिक तस्वीरमा उनीहरु निकै खुसी देखिएका छन् । सगरमाथा आधार शिविरमा बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् ।

३५ वर्षीया इन्दिरा गायन रियालिटी शो ‘नेपाली तारा’बाट उदाएकी हुन् । ‘नेपाली तारा’को ताज नजितेपनि त्यसयता उनी गायनमा चम्किँदै गइन् । उनी पार्श्र्वमा आईटम गीतमा बढी रुचाइएकी गायिका हुन् । उनले स्टेजमा दिने प्रस्तुतिलाई स्रोता एवं दर्शकले निकै रुचाउँदै आएका छन् । इन्दिरा ‘नेपाल आइडल’को सिजन ३ सम्म निर्णायक पनि बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?