+
+

द ब्रिटिस कलेजले लियो नमस्ते एकेडेमी व्यवस्थापनको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १७:०८

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले रुपन्देहीको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापनको जिम्मा लिएको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।

नयाँ व्यवस्थापना सँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्था बनाउने दावी टीबीसीको छ । विश्व स्तरीय शिक्षा प्रदान गर्नका लागि नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरु परिवर्तनको थालनी भएको टीबीसीले बताएको छ ।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हासिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव छ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्टमध्येको एक बेलायतको इटन कलेज रहेको छ । साथै, उनको सर्वाधिक बिक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ । बार्थोलोमेउले यसै शैक्षिक सत्रमा नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्थाक बनाउने उदेश्य लिएको बताएका छन् ।

ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । कँडेलका अनुसार यो समूहले यस वर्ष पनि शैक्षिक क्षेत्रमा लगानी थप्नेछ ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएको छ । साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?